प्रजनन् स्वास्थ्य शिविरबाट १२४ महिला लाभान्वित
जोमसोम : मुस्ताङको थासाङमा सञ्चालन गरिएको एक दिने प्रजनन स्वास्थ्य शिविरमा १२४ महिला लाभान्वित भएका छन्।
थासाङ गाउँपालिकाको आयोजनामा लेते प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबार शिविर सञ्चालन गरिएको हो।
केन्द्रका अनुसार शिविरमा १२१ जना महिलाको एसेटिक एसिडको भिजुअल परीक्षण गरिएको छ। महिलामा हुने विभिन्न रोगहरूको परीक्षण गरिएको केन्द्रकी प्रमुख डा. प्रियंका यादवले जानकारी दिइन्।
शिविरमा एक जना महिलाको आङ खस्ने समस्या देखिएको छ भने दुई जना महिलाको युरेनेरी इन्कन्टिमेन्सको समस्या देखिएको उनले बताइन।
महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाको स्वास्थ्य परीक्षण भएको छ।
प्रतिक्रिया दिनुहोस !
४