रोडिकोटकी शाहीको हेलिकोप्टरबाट हवाई उद्धार
सिमकोट : उच्च रक्तस्रावले तीन दिनदेखि थलिएकी सर्केगार्ड गाउँपालिका–७ रोडीकोटकी धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
साँया स्वास्थ्य चौकीमा पुर्याइएकी ३२ वर्षीया शाहीको रक्तस्राव निरन्तर भएपछि स्वास्थ्य सेवा कार्यालय हुम्लाको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा शाहीलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
‘गर्भावस्थाकी शाहीको सुत्केरी हुने अन्तिम मिति अर्को महिना दिएको भएपनि उच्च रक्तस्रावका कारण अवस्था चिन्ताजनक भएपछि स्थानीय सायाँ स्वास्थ्य चौकीको अनुरोध अनुसार हेलिकोप्टरबाट उद्धार गरिएको हो’ कार्यालय प्रमुख सिंहले अन्नपूर्णसँग भने ‘अहिले उनको कालागाउँ सुर्खेतमा उचार शुरु भइसकेको छ ।
एनका अनुसार चालु आर्थिक वर्षमा मात्रै हुम्लाका विभिन्न स्थानबाट शाहीसहित ८ जना महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमले नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ ।