विमानस्थलबाट ७ केजी चरेससहित जर्मन नागरिक पक्राउ

विमानस्थलबाट ७ केजी चरेससहित जर्मन नागरिक पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : टर्की जान लागेका जर्मन नागरिक ७ केजी चरेससहित पक्राउ परेका छन् । ६३ वर्षीय पउल वेस्टर्स सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ केजी ८ साय ६० ग्राम चरेससहित पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दले चरेससहित जर्मन नागरिक पक्राउ परेको अन्नपूर्णलाई जानकारी दिए। डीआइजी  चन्दका अनुसार गत मे महिनामा भिजिट भीषामा उनी नेपाल घुम्न आएका थिए । उनी टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका थिए । विमानस्थलका सुरक्षा प्रहरीका अनुसार पउलले सुटकेसमा फल्सबटम बनाएर चरेस लुकाएर लैजान योजनामा थिए।

एक्सरे मेसिनमा सुटकेस स्क्रिनिङ गर्ने क्रममा सुरक्षा जाँचमा खटिएका प्रहरीलाई शंका लागेपछि सुटकेस खोतलेका थिए । त्यसैक्रममा कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा चरेस फेला परेको हो।

घटनाको थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागुऔषधसहित लागुऔषध नियन्त्रण ब्युरोमा पठाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.