नेप्से परिसूचक  ७.७९ अंकले बढ्यो, कारोबार रकम बढेन

नेप्से परिसूचक  ७.७९ अंकले बढ्यो, कारोबार रकम बढेन

काठमाडौं : सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएर १९८७.८७ विन्दुमा अडिएको छ।  २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार रकम आइतबारको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ४५ करोड ४३ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो। 

आज १२६ कम्पनीको मूल्य घट्दा ८९ को बढ्यो भने बाँकी ८ को मूल्य स्थिर रह्यो। सामान्य अंकले बढेको सेयर बजारमा पाँच कम्पनीको  मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अभियान लघुवित्त वित्तीय, कालिञ्चोक दर्शन, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी,सिटी होटल  र चन्द्रगिरि हिल्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो होटलको १५ करोड बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको १० करोड र शिव श्री हाइड्रोपावरको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये  ७को मूल्य घट्यो भने बाँकी ६ को बढ्यो। बैंकिङ, होटल्स एन्ड  टुरिजम,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स र अदर्श उपसमूहको सूचक बढ्दा बाँकी ७ को मूल्य घटेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.