गर्मी बढेसँगै परासीका अस्पतालमा बिरामीको चाप

गर्मी बढेसँगै परासीका अस्पतालमा बिरामीको चाप
सुन्नुहोस्

परासी : गर्मी बढेसँगै नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ। 

जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल, चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो। पृथ्वीचन्द्र अस्पतालमा दैनिक २ सयदेखि २२० जना बिरामी उपचारका लागि आउने गरेका छन्। 

५० शय्या रहेको अस्पतालमा अहिले जेष्ठ नागरिक र बालबालिकाहरू बिरामी भएर उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए। अघिल्लो वर्ष जेठ महिनामा दैनिक १२० जना बिरामी आउने गरेका थिए। 

यो वर्षको जेठ महिनामा भने एकैदिन २७६ जना बिरामीहरू उपचारका लागि आएको डा. होदाले बताए। अधिकांश बिरामीहरूमा पानीको मात्र कम देखिएको छ। जसले गर्दा पिसाबको इन्फेक्सनका बिरामी बढी रहेका छन्। त्यस्तै लु लागे जस्तो कमजोर महसुस गरी उपचारमा आउने बिरामी पनि उत्तिकै रहेको डा. होदाले बताए। 

पानीको मात्रा कम हुँदा मलेरिया जस्तो उच्च ज्वरोका लक्षण, कोखा चस्कने, घाउ खटिरा र अन्य छाला सम्बन्धी समस्या भएका बिरामीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढेकाले जुस लगायत झोलिलो पदार्थ बढी पिउने, फलफूल खाने, पानी प्रशस्त पिउने र बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउनुपर्ने डा. होदाको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.