अमेरिकी डलरसहित थाइल्याण्ड उड्न लागेका व्यक्ति पक्राउ

अमेरिकी डलरसहित थाइल्याण्ड उड्न लागेका व्यक्ति पक्राउ
सुन्नुहोस्

काठमाडौं : लुकाएर विदेश लैजान लागेको अमेरिकी डलरसहित दोलखाका प्रेम नोर्वु शेर्पा पक्राउ परेका छन्। 

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए। 

उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको डलरसहित दोलखा बिगु गाउँपालिका–७ का ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

उनी नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्ड जान लागेका थिए। शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर भेटिएको हो। 

उनी दोलखामा पसल सञ्चालन गर्ने व्यापारी भएको अनुसन्धानमा खुलेको छ। थप अनुसनधानका लागि उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.