प्रचण्ड र बाबुरामविरुद्धको रिटको सुनुवाइ आज

प्रचण्ड र बाबुरामविरुद्धको रिटको सुनुवाइ आज
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष एवं  प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको मुद्दाको सुनुवाई आज हुने भएको छ। माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दादायर गरेका हुन्। 

विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दिएका थिए।  रिटमा माओवादीका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको छ।

तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनेर अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले जेठ १६ गते दरपिठ गरेको थियो। दरपिठविरुद्ध जेठ १८ गते दिइएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न शुक्रबार आदेश दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.