वर्षाले किसानलाई राहत

वर्षाले किसानलाई राहत
मोरङको कटहरी गाउँपालिका खेतमा राखेको धानको बिउ पानीको अभावमा सुक्दै । तस्बिर : जितेन्द्रनारायण ठाकुर ।
सुन्नुहोस्

विराटनगर : किसानले खेतमा लगाएको बाली खडेरीले सखाप हुन लागेको थियो। यस्तो समायमा वर्षा भएपछि किसानले केही भए पनि राहत महसुस गरेका छन्। आइतबार बेलुका वर्षा भएपछि किसानलाई राहत भएको हो। 

सुनसरी, मोरङ झपाका किसान वर्षा भएपछि खुसी भएको बताउँछन्। लामो समयदेखि गर्मी दिनानुदिन बढिरहेको बेलामा  पानी नपर्दा किसान चिन्तित बनेका थिए। आइतबार बेलुकादेखि परेको वर्षाले किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेब सिङले बताए ।  

‘हिउँदे वर्षा ढिला भयो तर यसले किसानले लगाएका बालीमा क्षति पुग्दैन,’ उनले भने  , ‘अहिलेको पानी खेतीबालीका लागि पोषिलो हुन्छ।’ 

किसानको खेतमा छरेको  धानको  बिउ सुक्न थालेको उनले बताए। उनले भने , ‘ किसानलाई राहत भएको छ ।' 
 
तराईका तलहन, तरकारी खेती स्याहार्ने बेलामा पानी नपर्दा खेतमै सुक्न थालेको उनले बताए ।  सिँचाइका लागि पानीको  खोलानाला सुक्खा भएपछि किसान चिन्तित थिए।  पानी नपर्दा तरकारी खेती चौपट भएको बेला पानीले  राहत भएको विराटनगर ६का रामेश्वर कामतले बताए।

तराईमा अहिले बर्खे धान खेतीको लागि धानको बिउ राख्नुको साथै खेतमा तरकारी  र मुगको दाल लगाउने र सनपात लगाउने गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.