चार जिल्लामा ७७ हजार स्याउको विरुवा वितरण

चार जिल्लामा ७७ हजार स्याउको विरुवा वितरण
सुन्नुहोस्

जोमसोम : चार जिल्लामा ७७ हजार १५० थान स्याउको विरुवा वितरण गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ, मनाङ, गोरखा र बागलुङका कृषकलाई उच्च घनत्व प्रविधिमा आधारित स्याउका विरुवा वितरण गरिएको हो। 

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले ‘स्याउ विशेष कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा एम नाइन रुट स्टक स्याउका विरुवा वितरण गरेको हो। 

प्रदेशको चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्याउ विशेष कार्यक्रमलाई चालू वर्ष पनि निरन्तरता दिइएको छ। 

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०७६/०७७ देखि ‘स्याउ खेती विस्तार तथा व्यावसायीकरण आयोजना तथा शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजना’ अन्तर्गत स्याउ विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो।

सोही कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कृषि विकास निर्देशनालयले उच्च घनत्व प्रविधिमा आधारित स्याउका विरुवा सम्बन्धित जिल्लाका कृषि समूह, फर्म, सहकारी संस्था र किसानलाई अनुदानमा उपलब्ध गराइएको हो मुस्ताङका ५ स्थानीय तहका ७७ वटा कृषि समूह, फार्म, सहकारी र किसानलाई मागका आधारमा विरुवा उपलब्ध गराइएको हो ।

मुस्ताङमा ५८ हजार ८००, मनाङमा १३ हजार ५४०, बागलुङमा २ हजार ३२० र गोरखामा २ हजार ४९० थान उच्च घनत्व प्रविधिमा आधारित स्याउका विरुवा वितरण गरेको कृषि विकास निर्देशनालय पोखराका वाली विकास अधिकृत मिलन आचार्यले जानकारी दिए। 

वितरण गरिएका स्याउका प्रतिविरुवा ११ सय रुपैयाँ पर्छ। प्रदेशले ८ करोड ४८ लाख ६५ हजार मूल्य बराबरको स्याउ विरुवा ७५ प्रतिशत अनुदान सहुलियतमा वितरण गरेको वाली विकास अधिकृत आचार्यको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.