मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि मंगलबार बिहान राष्ट्रपति पौडेल बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएको स्रोतले जनाएको छ। 

यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो। 

करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.