गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको एकतर्फी उडान सुरु

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको एकतर्फी उडान सुरु
मलेसियाबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल एयरलाइन्सको विमान :सलमान खान

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ। 

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि निगमले मंगलबारदेखि मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं व्यावसयिक उडान सुरु गरेको हो।

मंगलबार मलेसियाबाट निगमको ‘एयरबस ३२०’ करिब ९ बजे विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए।

उनका अनुसार क्वालालम्पुरबाट ९१ जना यात्रु लिएर विमानस्थलमा अवतरण गरेको विमानबाट ३१ जना यात्रु भैरहवामा र ६० जना काठमाडौंमा ओर्लिएका छन्। 

भैरहवामा यात्रुहरूलाई अवतरण गराएर पुनः उक्त विमान काठमाडौंका लागि उडान भरेको थियो। भैरहवा ओर्लिएका यात्रुहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका छन्।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा एक उडान गौतमबुद्ध विमानस्थल हुँदै काठमाडौं उडान भर्ने तालिका छ। ‘क्वालालम्पुरबाट प्रत्येक मगंलबार बिहान करिब साढे ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा अवतरण गरी काठमाडौं जाने तालिका छ’ महाप्रबन्धक पाण्डेले अन्नपूर्ण पोस्टसँग भने, ‘भैरहवाबाट नै क्वालालम्पुर उडानका लागि अहिले तालिका बनेको छैन। अहिलेलाई एकतर्फी मात्र छ।’

उनका अनुसार हाल गौतमबुद्धबाट दिइएको विमान सेवालाई टर्न–अराउण्ड उडान भनिन्छ। यस्तो उडान भरेको विमानले विमानस्थलमा यात्रु ओरालेर गन्तव्य तर्फ लाग्छ। यात्रु ओरालेको विमानस्थलबाट यात्रु भने चढाउन पाइँदैन।

यस अघि विमानस्थलबाट जजिरा एयरवेजले व्यावसायिक उडान सुरु गरेको थियो। तर, हाल उक्त एयरवेजले उडान भरेको छैन।

केही समय अघि नेपाल एयरलाइन्स मलेसिया (क्वालालम्पुर)–भैरहवाको ११ हजार चार सय बढी रुपैयाँ भाडा दर तोकेको थियो। तर, हाल एयरलाइन्सले मलेसिया (क्वालालम्पुर)–भैरहवाको भाडा करिब ३१ हजार रुपैयाँ लिइएको बताइएको छ।

‘अहिले भाडा दर फरक भयो होला तर त्यो एक हजार चार सय बढी रुपैयाँ ‘प्रोमोसनल’ भाडा दर थियो’ महाप्रबन्धक पाण्डेले, ‘अहिले पनि केही यात्रु त्यही भाडा दरमा सेवा लिएका हुन सक्छन्।’

भैरहवा–क्वालालम्पुर–भैरहवा उडान चाहिएको अवस्थामा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा मात्र उडान सेवा दिएको छ। गौतमबुद्धमा नेपाल एयरलाइन्सले सेवा सुरु गरेपनि यस क्षेत्रका बासिन्दालाई मलेसिया जानुपर्ने भएमा काठमाडौं नै धाउनुपर्ने वाध्यताको अझै कायम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.