धरानमा हर्क साङपाङले श्रमदानबाट भित्र्याए पानी (फोटो फिचर)

धरानमा हर्क साङपाङले श्रमदानबाट भित्र्याए पानी (फोटो फिचर)

धरान : खानेपानीको चरम अभावका कारण केही दिनदेखि काकाकुल बनेको सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ। धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो।

धरान उपमहानगरपालिका-२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना जंगल क्षेत्रबाट धरान ल्याइएको हो। ९८ दिनसम्म चलाइएको जनश्रमदानबाट मंगलबार धरानमा खानेपानी भित्राइएको मेयर साम्पाङले बताए। 

उनले  कोकाहा खोलाको पानी धरान ल्याइएसँगै धरानबासीलाई खानेपानी वितरणमा केही सहज हुने बताए। धरानमा पानी झारिएपश्चात पानी हेर्न धरानबासीहरूको भीड लागेको थियो। धेरै जसोले पानी झारेको स्थानमा नुहाएर खुसी व्यक्त गरेका थिए।

कोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बुले करिब ४० किलोमिटर लम्बाईको दूरीबाट ४ करोड ५० लाख लागतमा धरानमा खानेपानी भित्र्याइएको बताए। उनले कोकाहा खोलाको खानेपानी धरान ल्याउन देशविदेशमा रहेका नेपाली, धरानबासी र विभिन्न स्थानबाट श्रमदानमा आएका व्यक्तिहरूको सहयोगमा खानेपानी धरान ल्याइएको बताए। म्यानेजर लिम्बुले श्रमदानबाट धरान झारिएको खानेपानी ल्याउँदा १० लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको बताए। 

धरानमा खानेपानीको चरम अभाव भइरहेका बेला कोकाहा खोलाबाट ल्याइएको पानीले धरानबासीले भोग्दै आएको खानेपानी समस्यालाई केही राहत मिल्ने अपेक्षा गरिएको दैनिक श्रमदानमा खटिएका एनसी राईले बताए। उनले एकसय ४० एमएमको पाइपबाट धरान ल्याएको खानेपानी एक सेकेण्डमा १२ लिटरसम्म उत्पादन हुने अपेक्षा गरिएको बताए।

धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेलले कोकाहा खोलाबाट ल्याइएको खानेपानी बोर्डको ट्यांकीमा मिसाएर धरानबासीलाई वितरण गर्ने बताए। उनले कोकाहा खोलाबाट ल्याइएको खानेपानीको सबै प्रक्रिया पुर्‍याएर वितरण गरिने बताए। 

श्रमदान र स्वतस्फुर्त गरिएको आर्थिक सहयोगको माध्यमबाट कोकाहा खोलाको पानी धरान ल्याइएको छ। ४० किलोमिटर जंगल क्षेत्रमा प्लाष्टिकको पाइपबाट धरानमा खानेपानी ल्याइएको हो। जंगल क्षेत्रमा खुल्लारूपमा पाइपबाट पानी ल्याउँदा आगलागी र बाढी-पहिरो आउँदा पाइपमा क्षति पुर्‍याउने भएकाले यसको दीर्घकालीनरूपमा पाइपलाई व्यवस्थापन गर्न आवश्यक रहेको धरान १६ का भुपाल साम्पाङको सुझाव छ। जनश्रमदानबाट धरानमा खानेपानी ल्याएने मेयर साम्पाङ लगायतका श्रमदातालाई धरानवासिले धन्यवाद दिएका छन्।  

null

null

null

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.