नागरिकता नपाएका २५ वर्षीय युवकद्वारा माइतीघरमा आत्मदाह प्रयास

नागरिकता नपाएका २५ वर्षीय युवकद्वारा माइतीघरमा आत्मदाह प्रयास

काठमाडौं : माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो। त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ। 

संघर्ष समितिमा अध्यक्ष इन्द्रजीत साफीले उपाध्यक्षसमेत रहेका निरजले एक्कासि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए। उनले कुनै पू्र्वयोजना नरहेको समेत स्पष्ट पारे। 'हाम्रो पूर्वयोजना होइन। बिलकुल होइन। उहाँले प्रदर्शनकै क्रममा एक्कासि त्यस्तो प्रयास गर्नुभयो,' अन्नपूर्णसँग उनले भने।

लामो समयदेखि नागरिकता नपाएका मोरङ कटारीका २५ वर्षीय निरजले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सिताराम रिजालले बताए। उनलाई उपचारको लागि उनलाई ट्रमा सेन्टर लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.