६ सय बढी कृषकलाई औषधि छर्किने मेसिन प्रदान
गौशाला (महोत्तरी) : ५० प्रतिशत अनुदान रकममा गौशाला नगरपालिकाको कार्यालयले किसानहरूलाई औषधि छर्किने मेसिन (ट्यांकी) वितरण गरिएको छ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी नगरका ६ सय ३२ जना कृषकहरूलाई सो मेसिन प्रदान गरेका हुन्। एक पटक चार्ज गर्दा कम्ती ५ घण्टासम्म चलाउने सक्ने भएकोले यो ट्यांकीलाई हातले पनि चलाउने किसिमको रहेको गौशाला नगरपालिकाको कार्यालय कृषि शाखाले जनाएको छ।
नगरपालिकाको कार्यालयले गत आर्थिक वर्षको योजनामै राखेर कृषकलाई खेतीपाती गर्ने उद्देश्यले प्याकेजसहितको योजना ल्याएको नगरप्रमुख डा दिपेन्द्र महतोले बताए।
नगरले यसअघि स्थानीय किसानलाई लक्षित गर्दै विभिन्न चरणको प्याकेजमा खेत-खेतमा पानीको बन्दोवस्त, बिउ बिजन, अनुदानमा मलखाद्य प्रदान गरिसकेको नगरप्रमुख डा महतोले जानकारी दिए।
गौशाला नगरपालिकाले १ हजार ५ सय ५ रुपैयाँ लिई किसानहरूलाई सो ट्यांकी उपलब्ध गराएको नगर कृषि शाखा प्रमुख कमला पौडेलले जानकारी दिइन्।