बालबालिकालाई पौष्टिक आहार

बालबालिकालाई पौष्टिक आहार
बालबालिकाहरूलाई हर्लिक्स वितरण गरिँदै  । तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : मोरङको कटहरी गाउँपालिकाले बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कुपोषणको समस्याबाट ग्रस्त गाउँपालिकाका १४ जना बालबालिकालाई पौष्टिक आहार वितरण गरेका हुन्।

कटहरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बालबालिका र तिनका अभिभावकलाई पौष्टिक आहार हस्तान्तरण गरे  ।  सो क्रममा कुपोषणको समस्या रहेका बालबालिकालाई हर्लिक्स १ किलो,अण्डा १ क्यारेट,आधा किलो घ्यू  तथा बोडी,चना र केराउ एक-एक किलो प्रदान गरिएको थियो ।

गाउँपालिका भित्रका प्रत्येक वडाबाट दुईदुई जनागरी १४ जनालाई पौष्टिक आहार वितरण गरिएको कटहरी स्वास्थ्य शाखा प्रमुख सुकल प्रसाद साहले बताए  ।  गाउँपालिकाले अपाङता र कुपोषण दुईवटै समस्याबाट पीडित रहेका बालबालिकालाई पौष्टिक आहारा वितरण गरेको हो।  गाउँपालिका अध्यक्ष चौधरीले पालिका भित्रका कुपोषण प्रभावित बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

प्रदेश सरकार,कटहरी गाउँपालिका र करुणा फाउण्डेशनको त्रिपक्षीय सहयोगमा बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । कटहरी गाउँपालिका भित्र ४८० जना बालबालिका कुपोषणबाट पीडित रहेको कटहरी स्वास्थ्य शाखाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.