पाँच भाषामा वृत्तचित्र

पाँच भाषामा वृत्तचित्र
सुन्नुहोस्

जोमसोम : महिला सशक्तिकरण र बाँच्नका लागि गरेको संघर्षको कथा समेट्दै पाँच भाषामा वृत्तचित्र बन्ने भएको छ।  नेपालका स्थापित फिल्मकर्मी प्रमोद लामिछानेको निर्माणमा सोल अफ नेपाल फिल्म कम्पनीले ‘आवाज : महिला सशक्तिकरण र बाँच्नका लागि संघर्ष’ (द अनसाइलेन्स्ड् ः वुमेन्स  इम्पावरमेन्ट एन्ड द ब्याटल फर सर्भाइभल) नामक वृतचित्र निर्माण गर्न लागेको हो।

नेपालका विभिन्न जिल्लाका चार जना महिलाहरूको प्रत्यक्ष जीवन भोगाइ र संघर्षमय जीवनकथालाई मुख्य विषयवस्तु बनाएर वृत्तचित्र निर्माण गर्न लागिएको हो। वृत्तचित्रमा हलिउडकर्मी मिलेना श्वागर र अनामिका अर्यालको सहलगानी रहनेछ भने वृत्तचित्रको निर्देशन निर्माता प्रमोद लामिछाने र टोसिट घतानेले गर्दैछन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन गर्ने उद्देश्यसहित चार महिलाको जिवन्त भोगाइका कथालाई पाँच भाषामा वृत्तचित्र निर्माण गर्न लागिएको निर्माता प्रमोद लामिछानेले जानकारी दिए। वृत्तचित्र नेपाली, अंग्रेजी, जापानिज, कोरियन, थाई र स्पेनिस भाषामा निर्माण गर्न लागिएको निर्माता लामिछानेले बताए। 

उनका अनुसार फरकफरक विधाका फरकफरक क्षेत्रमा महिला सशक्तिकरण तथा बाँच्नका लागि संघर्ष गरिरहेका महिलाहरूको जिवन्त कथावस्तु वृत्तचित्रमा समेटिनेछ। वृत्तचित्रको लागत एक करोड हाराहारी रहने उनले बताए।

निर्माण टोलीले हिमाली जिल्लाको एक सफल महिला उद्यमी सुकुन रसाइलीको कथालाई पनि वृत्तचित्रमा समावेश गर्ने भएको छ। यसका लागि निर्माता लामिछानेसहितको टोलीले जेठ २२ गतेदेखि २७ गतेसम्म पाँच दिन छायांकन गरेको थियो। 

वृतचित्रमा सुकुनको उद्योग, गाउँपालिका कार्यालय, जनप्रतिनिधिसँग अन्तरक्रिया र सुकुनसँगको प्रत्यक्ष सम्वाद गरिसकेको जनाइएको छ। रसाइलीको मुस्ताङको घरपझोङ—२ मार्फामा मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्र छ। उनी उद्योगमा मात्र होइन महिला सशक्तिकरणका लागि विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा छिन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.