पूर्वमुख्यसचिव वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त, प्रधानमन्त्रीले खुवाए शपथ
काठमाडौं : सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्काे सल्लाहकारमा नियुक्त गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्काे सल्लाहकारमा नियुक्त गरेको हो।
मुख्य सचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त भएपछि वैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको हो।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका हुन्।