श्रीमानको कुटाइबाट वडा सदस्य विकको मृत्यु

श्रीमानको कुटाइबाट वडा सदस्य विकको मृत्यु
सुन्नुहोस्

काभ्रे : नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको छ। श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो। 

घरायसी झगडाको क्रममा जेठ २९ गते राती शम्भुले ज्ञानीमाथि कुटपिट गरेका स्थानीयहरुले जनाएका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थप उपचारकै क्रम्मा बिहिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई जिल्ला प्रहरीले पक्राउ गरिसकेको एसपी भगेन्द्र पुरुष ढकालले अन्नपूर्णलाई जानकारी दिए। मृतक ज्ञानी दोस्रो कार्यकालको लागि नमोबुद्ध नगरपालिका- मा दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन्। उनको शव अहिले पोष्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.