‘वान एक्स बेट’ प्रचार गरेको आरोपमा कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित ८ जना पक्राउ

‘वान एक्स बेट’ प्रचार गरेको आरोपमा कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित ८ जना पक्राउ
फाइल तस्बिर।

काठमाडौं : अवैध रुपमा अनलाइन जुवा खेल्नको लागि प्रचार प्रचारमा देखिएपछि कलाकार मरिचमान श्रेष्ठ 'बल्छि ध्रुवे', राजु पौडेल 'राजु मास्टर' सहित ८ जना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार श्रेष्ठ र पौडेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा युट्युबर पनि संलग्न  छन्। 

‘वान एक्स बेट’नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा उनीहरुमाथि प्रहरीले निगरानी गरिरहेको थियो । प्रहरीले ७४ करोड बढीको अनलाइन जुवा खेलाएको आरोपमा बुधबार मात्रै ५ जना नियन्त्रणमा लिएको थियो । 

यहि घटनाको अनुसन्धान गर्दै जाँदा कलाकारहरुको पनि संलग्नता देखिएको थियो । कलाकारहरुले वान एक्स बेटमा सट्टेबाजी खेलाउने र यटुबमा यसको विज्ञापन गर्ने गरेका थिए । 

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । नेपालमा अवैध रहेको अनलाइन जुवा खेल्नका लागि उनीहरुले विज्ञापनमार्फत युवाहरुलाई आकर्षण बनाएको आरोप छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.