सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित

सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ विन्दुमा पुगेको छ। 

यसदिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम बु्धबारको तुलनामा  घटेको छ। यसदिन २७० कम्पनीको  ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको सेयर कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक १६.४२ अंकले बढेको थियो।

आज दुईवटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको हो। सिटी होटलको ९.९७ र अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२० प्रतिशतले
बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको कारोबार भयो। सोल्टी होटलको १६ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य घट्यो भने ६ को बढ्यो। होटल्स एन्ड टुरिजम इन्डेक्सको सूचक सर्वाधिक ४.५६ प्रतिशतले बढ्यो।

आज ७५ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने बाँकी ९ को स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.