हिमाली जिल्लामा हात्तीपाइलेको सर्भे

हिमाली जिल्लामा हात्तीपाइलेको सर्भे
सुन्नुहोस्

जोमसोम : हालसम्म हात्तीपाइले रोगको परीक्षण हुन बाँकी मनाङ र मुस्ताङसहित ५ वटा हिमाली जिल्लाहरूमा नमुना संकलन तथा सर्भे परीक्षण सुरु गरिएको छ।

नेपाल सरकार ईपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाको समन्वयमा फियर मेड नेपाल गैरसरकारी संस्थाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ‘कन्फरमेटोरी म्यापिङ (मिनी टास) सर्भे कार्यक्रम सञ्चालन गरेको फियर मेड नेपालले जनाएको छ।

हिमाली जिल्लाहरूमा हात्तीपाइले रोग भए नभएको यकिन गर्न सर्भे अध्ययन सुरु गरिएको फियर मेड नेपालका कार्यक्रम संयोजक एवं अनुगमन तथा गुणस्तर सुधार विशेषज्ञ विविन थापाले जानकारी दिए। उनका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु र डोल्पा जिल्लामा हात्तीपाइले रोगको एकिन गर्न सुर्भे सुरु गरिएको हो। यसका अलावा हिमाली जिल्ला हुम्लामा भने आरटीआई नामक संस्थाले हात्तीपाइलेको एकिन गर्न सर्भे सुरु गरेको उनको भनाइ छ। 

हात्तीपाइले रोग एकिन गर्न मुस्ताङका ५ स्थानीय तहका ३१ वटा विद्यालयमा अध्ययनरत ३ सय जना बालवालिकाको एन्टिजेन किट मार्फत (एफटीएस) परीक्षण गरिने कार्यक्रम संयोजक थापाले बताए। 

यसैगरी हिमाली जिल्ला मनाङका २२ विद्यालयका २ सय ५१ जना, सोलुखुम्बुका ४६ वटा विद्यालयमा ४ सय ८० जना र डोल्पा जिल्लामा ३७ वटा विद्यालयका ४ सय ८० जना बालवालिकाको हात्तीपाइले रोगको संक्रमण भए नभएको एकिन गरिने फियर मेड नेपालले उल्लेख गरेको छ। तर, आरटीआई संस्थाले गर्ने हुम्लाका कतिवटा विद्यालयका कति जनाको हात्तीपाइले रोगको परीक्षण गर्ने भन्ने जनाइएको छैन।

हात्तीपाइले रोगको सर्भे अध्ययनका क्रममा सम्वन्धित स्थानीय तहको स्वास्थ्य शाखा र विद्यालयको समन्वयमा विद्यालयमै पुगेर एन्टिजेन (एफटीएस) परीक्षण गरिने बताइएको छ। सर्भेका लागि कक्षा ४ देखि ८ सम्म पढ्ने बालबालिकामा कन्फरमेटोरी म्यापिङ (मिनी टास) सर्भे अध्ययन गरिने फियर मेड नेपालको भनाई छ।

हात्तीपाइले रोग परीक्षण गर्दा १० मिनेटमा रिजल्ट आउने कार्यक्रम संयोजक विपिन थापाले बताए। उनका अनुसार मुस्ताङका ५ तहमा पुगेर सर्भे गर्दा २ हप्ता बढी समय लाग्नेछ। परीक्षणपछि हात्तीपाइले भए नभएको नतिजा विद्यालय र स्थानीय तहलाई जानकारी गराइने उनको भनाई छ। परीक्षणमा हात्तीपाइलेको पोजेटिभ केस देखिएमा औषधि वितरण गरिने र यसले ९९ प्रतिशत हात्तीपाइले परजीवी नस्ट गर्ने उनले जनाए।

हिमाली जिल्लाहरूमा जलवायू परिवर्तनका कारण मौसमी तापमान बर्सेनि वृद्धि भइरहेको र यहाँ लामखुट्टे भित्रिन सक्ने भएकाले हात्तीपाइले रोगको अध्ययन सर्भे समयसापेक्ष भएको सरोकारवालाले बताएका छन्। हात्तीपाइले रोगको एकिन गर्ने सर्भे कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख आइतेलाल थकालीले जलवायू परिवर्तनको असर हिमाली जिल्लामा परेको र यसले विभिन्न रोग संक्रमणका प्रकोप देखिन थालेको बताए। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनुप केसी र स्वास्थ्य कार्यालयका प्रमुख प्रेम नेपाली लगायतले हिमाली जिल्लाहरूमा पनि हात्तीपाइले रोगको जोखिम बढेको बताए।

हालसम्म हात्तीपाइले रोग निवारणका लागि सरकारले ७२ जिल्लाहरूमा सर्भे अध्ययन गरिसकेकोमा ६४ वटा जिल्लाहरूमा हात्तीपाइले संक्रमित देखिएको थियो। हालसम्म नेपालमा १५ हजार बढी हात्तीपाइले रोग संक्रमित छन्। सरकारले सर्भे अध्ययन गरेका ६४ जिल्लामध्ये ४९ वटा जिल्लामा औषधि बन्द गरिएको छ भने १५ वटा जिल्लामा औषधि सेवन नियमित भइरहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाको तथ्यांकमा उल्लेख छ। हात्तीपाइले रोगको यसप्रकारको सर्भेक्षणको प्रतिफलबाट सरकारलाई हात्तीपाइले रोग निवारण कार्यक्रम अगाडी बढाउन सहज हुने फियर मेड नेपालकाका अनुगमन तथा गुणस्तर सुधार विशेषज्ञ एवं कार्यक्रम संयोजक थापाले बताए।

हात्तीपाइलेको संक्रमण क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइले फाईलेरिया नामक किटाणुबाट हुन्छ । लामखुट्टेको टोकाइले मानव शरीरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि अस्वाभाविक वृद्धि हुने नै हात्तीपाइले रोग हो। लामखुट्टेले टोकेको ६ देखि १० वर्षसम्ममा यो रोगको लक्षण देखा पर्छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.