अतिरिक्त हुलाक खारेजीको विरोधमा कर्मचारी आन्दोलित

अतिरिक्त हुलाक खारेजीको विरोधमा कर्मचारी आन्दोलित
सुन्नुहोस्

गुलरिया : सरकारले बजेट वक्तव्य मार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन्। हुलाकलाई व्यवस्थापन नगर्दासम्म अतिरिक्त हुलाकका कर्मचारीहरूले काम नगर्ने बताएका छन्। 

जेठ १५ गते बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियसन केन्द्रीय समितिको जेठ २५ गते पोखरामा बसेको बैठकले सरकारले गरेको खारेजीको घोषणाप्रति विरोध गर्दै सरकारलाई निर्णय फिर्ता लिन अनुरोध गरेको समिति बर्दियाका अध्यक्ष रामबहादुर थापाले बताए। 

हुलाक सेवालाई पुनःसंरचना गर्न तथा सो गर्दा आवश्यकताका आधारमा अतिरिक्त हुलाक एवम् इलाका हुलाकहरूलाई मर्ज गर्ने कार्यविधि बनाई स्वैच्छिक प्याकेजसहितको कर्मचारी संख्या कम गर्न सक्ने वर्तमान कामको तरिकामा परिमार्जन गरी अतिरिक्त हुलाकलाई समय सापेक्ष बनाइनुपर्ने आन्दोलनरत कर्मचारीको माग छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.