वीरगन्ज महानगरका १० स्थानमा फ्री वाइफाई

वीरगन्ज महानगरका १० स्थानमा फ्री वाइफाई

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निःशुल्क वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ। पहिलो चरणमा महानगरका १० ठाउँमा यस्तो सेवा उपलब्ध गराइएको हो।  

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको हो।

महानगरमा शुक्रबार औपचारिक कार्यक्रम गरी सेवा सञ्चालनको सुरुवात गरिएको हो। महानगरका मेयर राजेशमान सिंहले फ्री वाईफाईको सुरुवात गर्दै महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरका रूपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताए। 

महानगरलाई आईटी हब बनाउने आफूहरूको घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफूहरू लागिपरेको पनि उनले बताए।  

हाललाई हरेक स्थानमा २ एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चाँपका आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.