एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो, गठबन्धन भ्रम छर्न व्यस्त छ : ओली

एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो, गठबन्धन भ्रम छर्न व्यस्त छ : ओली
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लागेको दाबी गरेका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले २ वर्ष अगाडि एमालेले सरकार छाड्नु परेपछि अर्थतन्त्र निरन्तर ओरालो लागेको बताएका हुन्। 

गठबन्धनले देश विकासको पक्षमा काम गर्न नसकेको टिप्पणी गरे। उनले भने,‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमालेविरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ? अर्थतन्त्र निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’

ओलीले जनता र कार्यकर्तालाई भ्रमबाट मुक्त पार्ने एमाले लाग्नुपर्ने धारणा राखे। उनले गलत बाटो र नीतिले सहि परिणाम नल्याउने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.