समाजवादी मोर्चाको औचित्य छैन : ओली

एमालेसँग मुकाबिला गर्न र कांग्रेस तर्साउने खेल हो

समाजवादी मोर्चाको औचित्य छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा एमाले विरुद्ध मुकाबिला गर्न बनाउन खोजेको बताएका हुन्। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका साना दल मिलेर बन्न लागेको समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका हुन् ।

उनले समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन बन्न लागेको तर्क गरे। ओलीले भने,‘गठबन्धन सठबन्धन हुँदै गर्छ। गठबन्धनले मात्र नपुगेर एउटा समाजवादी मोर्चा चर्चा रहेछ। समाजवादी मोर्चा के का लागि भन्दा एमाले विरुद्ध मुकाबिला गर्नलाई रहेछ। त्यसका दुई वटा उद्देश्य छ एउटा  एमालेविरुद्ध मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउने। समाजवादी मोर्चा बनाउँ त भनेर । ’उनले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन्। लिभिङ टुगेदर त चलिरहेकै छ।’

राष्ट्रियता, सामाजिक न्याय, लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक संस्कारको सवालमा एमाले अगाडि रहेको बताए। उनले भने, ‘ देश, विकास र जनताप्रति समर्पित भएको एउटा यस्तो राष्ट्रिय शक्ति बनाउन चाहन्छौं । त्यो चारतिर फर्किएका र उद्देश्य फरक भएका तत्त्वहरु राष्ट्रिय शक्ति बन्दैन। एमाले केहि समय सकार बाहिर हुनसक्छ, ८४ सम्मलाई सरकार बाहिर एमालेलाई राख्न सकिन्छ तर मिसन ८४ मा एमाले बलियो राष्ट्रिय शक्ति बनेर आउँछ, मिसनमा ८४ मा लाग्नुस्।’ उनले थोपा थोपा मिलेर समुद्ध मिलेजस्तै हुने बताए।

ओलीले जनतालाई राजनीतिप्रति वितृष्णा जगाउने उल्टो बाटो गरिरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए। एमाले आदेशबाट नियुक्त गर्ने र आदेशबाट बर्खास्त गर्ने पार्टी नभएको बताए। उनले एमाले प्रतिस्पर्धा गर्ने भएकाले नवप्रवेशीलाई क्षमता र योग्यताका आधारमा सबैलाई जिम्मेवारी दिइने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.