कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्छ : पूर्वप्रधानन्यायाधिश कार्की
काठमाडौं : पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन्। कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्ने गरि कमाएर बस्ने प्रवृति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।
शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै उनले राजनीतिमा गएर जुका जस्तो टासिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने बताइन्।
उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिईरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् । कार्कीले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया दिनुहोस !
१