फरक क्षमता भएकालाई बाख्रा वितरण
नुवाकोट : स्वरोजगारमा लाग्न प्रेरणा दिंदै नुवाकोटको खरानीटारमा फरक क्षमता भएकालाई समुदायमा पुर्नस्थापना कार्यक्रम अन्तर्गत आवश्यक प्रशिक्षणसहित बाख्रा प्रदान गरिएको छ । ४२ जना फरक क्षमता भएकाहरुलाई प्रशिक्षणपश्चात दुई-दुई वटा बाख्रा प्रदान गरिएको हो ।
यसबाट तादी गापाको ६ वटै वडामा रहेका पहेलो कार्ड प्राप्त गरेका अपाङ्गता भएकालाई आयआर्जनमा मद्धत पुग्ने आशा गरिएको अध्यक्ष सन्तमान तामाङले बताए।
फरक क्षमता भएकालाई तादी गापा अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुले विउ बोकासहितको बाख्रा हस्तान्तरण गरे । यसबाट तादी गाउँपालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरुलाई आय आर्जनमा मद्धत पुगेको कार्यक्रमकी अध्यक्ष तथा तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले बताइन् ।
गापाका फरक क्षमता भएकाहरुलाई शिक्षा, स्वास्थ्य, आयआर्जनका विभिन्न कार्यक्रम पालिकाले सन्चालन गरिरहेको र सदैव गरिरहने प्रमुख अतिथि तादी गापाका अध्यक्ष सन्तमान तामाङको भनाइ छ । उनका अनुसार फरक क्षमता भएकाहरुलाई बाख्रपालनबारे जानकारी दिनुको साथै बाख्राले आम्दानी बढाउन मद्धत पुर्याउनेछ ।