उचित मूल्य नपाएको भन्दै कालीमाटी बजारमा टमाटर फालेर विरोध (फोटोफिचर)

उचित मूल्य नपाएको भन्दै कालीमाटी बजारमा टमाटर फालेर विरोध (फोटोफिचर)
कालीमाटी बजारमा फालिएको टमाटर। तस्बिर : अभिषेक महर्जन

भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका हुन् ।

काठमाडौं : कालिमाटी तरकारी बजारमा टमाटर फ्याकेर विरोध गरिएको छ। नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्। 

nullभारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका छन् । समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको उनीहरुले आरोप लगाएका छन्।

किसानले भारतीय टमाटरको भाउ ४० देखि ५० रुपैयाँ प्रतिकिलो हुँदा स्वदेशी गोलभेडा ५ रुपैयाँमा पनि बिक्रि हुन नसकेको उनीहरुको भनाई छ ।  null

उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको किसानको गुनासो छ। टमाटर सडकमा फालेपछि हटाउन जेसीबी प्रयोग गर्नुपरेको छ। 

तस्बिर : अभिषेक महर्जन

 nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.