एकदिवसीयमा आसिफ र कुशलको कीर्तिमानी साझेदारी

एकदिवसीयमा आसिफ र कुशलको कीर्तिमानी साझेदारी
फाइल तस्बिर
सुन्नुहोस्

हरारे : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन्।

क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत हरारेमा घरेलु टिमविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल र आसिफले यसअघिको एक सय ३९ रनको कीर्तिमान तोडेका हुन्।

राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी राखेका थिए।

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पनि सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका थिए।

आसिफ र कुशलले एक सय ४२ रन बनाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.