तस्करीको मोबाइल र घडीसहित एक भारतीय वीरगन्जमा पक्राउ

तस्करीको मोबाइल र घडीसहित एक भारतीय वीरगन्जमा पक्राउ

वीरगन्ज : भारतबाट तस्करी गरी ल्याइएको मोबाइल र घडी ठूलो परिमाणसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले वीरगन्ज महानगरपालिका-३२ वदननगरस्थित एक घरबाट १९ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल र घडीसहित भारत बिहारको पूर्वी चम्पारण जिल्लाको अमवा विसुनपुरका ३३ वर्षीय मनोज कुमारलाई पक्राउ गरेको हो। 

वदननगरका मनोज साहको घरमा डेरा लिई बस्दै आएका भारतीय नागरिक मनोज कुमारको कोठामा प्रहरीले खानतलासी गर्दा विभिन्न ब्राण्डका ५९ थान मोबाइल र १८५ पिस घडी बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले जानकारी दिए। 

मनोज कुमारको कोठामा खानतलासी गर्दा एप्पल, सामसुङ, भिभो, रेडमी लगायतका ब्राण्डका महंगा मूल्यका मोबाइल तथा टाइटन, सोनाटा लगायतका कम्पनीका घडीहरू बरामद भएको गिरिले बताए। 

पक्राउ परेका मनोज कुमारले भारतबाट राजश्व छलेर महंगा मूल्यका मोबाइल र घडीहरू वीरगन्जमा ल्याई डेराको कोठामा भण्डारण गरी नेपालको विभिन्न सहरमा आपूर्ति गर्दै आएको सूचनाका आधारमा शनिबार प्रहरीले उनको कोठामा छापा मारेको प्रहरी नायब उपरीक्षक गिरिले बताए। 

बरामद मोबाइल र घडीको बजार मूल्य १९ लाख १४ हजार रुपैयाँ मूल्यांकन गरिएको पनि गिरिले जानकारी दिए। मोबाइल र घडीसहित पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको गिरिले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.