अमेरिका बसेर नेपालमा ठगी

अमेरिका बसेर नेपालमा ठगी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अमेरिका बस्दै आएका टंकराज बस्नेतको प्रलोभनमा पर्दा निर्मला महर्जन र अल्पा ढकाल प्रहरी नियन्त्रणमा परेका छन्।

अमेरिका बस्दै आएका बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गर्ने गर्थे। उनले अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र प्रोफिट स्टक अप्सन टीएफएक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भिसा मिलाउने भन्दै प्रलोभनमा दिने गर्थे। 

भारतीय होटल तथा रेस्टुरेन्टमा मासिक २ हजारदेखि ३ हजार डलरसम्मको जागिर लगाई दिन्छु प्रलोभनमा पारेर नेपाली नागरिकलाई झुक्काउने गर्थे। अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २६ वर्षीया अल्पा ढकाल छन्।

सजिलै अमेरिका जान पाइन्छ भन्दै नेपालमा रहेका निर्मला महर्जन, अल्पा ढकालको प्रयोग गरी पीडितसँग पैसा उठाउने गर्थे। ३६ जना पीडितको १ करोड ६१ लाख २० हजार ५ सय रुपैयाँ रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा अल्पा ढकाल र निर्मला महर्जनलाई प्रहरीले पक्राउ गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.