कोसी प्रदेश : आन्दोलनरत पक्ष र सरकारबीच वार्ता जारी

कोसी प्रदेश : आन्दोलनरत पक्ष र सरकारबीच वार्ता जारी

विराटनगर : आन्दोलनरत पहिचान पक्षधर र कोसी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । कोसी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलन गरिरहेका पक्ष र सरकारबीच पहिलोपटक औपचारिक वार्ता भएको हो । 

विराटनगरको बिग होटलमा सुरु भएको वार्तामा पहिचान पक्षधरको आन्दोलन, उनीहरुले राखेका माग, सरकारले गर्न सक्ने सम्बोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । 

कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राखेर पहिचानवादीहरु आन्दोलनमा छन् । वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिँचाई खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी छन् ।

आन्दोलनकारीका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन ‘मिराक’,रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी छन् । सरकारले औपचारिक आह्वान गरेपछि त्यसलाई स्वीकार गर्दै पहिचान पक्षधरका तर्फबाट पनि आइतबार वार्ता समिति बनाइएको थियो । 

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् । कोशी प्रदेशको नाम पुनः नामांकन संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलन गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.