धरानका मेयर साम्पाङले पनि रोके हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शन

धरानका मेयर साम्पाङले पनि रोके हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा भारतीय फिल्म ‘आदिपुरुष’प्रदर्शनमा रोक लगाएका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस र भिडियो राख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। 

साम्पाङले भारतीय चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर धरानमा पनि हिन्दी फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले भनेका छन्, ‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौम सत्तामा आँच आउने कुनैपनि अभिव्यक्ति हामीलाई सह्य छैन। आपत्तिजनक शब्द नसच्चिएसम्म धरानका सिनेमा हलहरुमा कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको जानकारी गराउँछु।’

यस अगाडि काठमाडौं महानगर र पोखरा महानगरपालिकाकाले सोमबारदेखि महानगरमा भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गत बिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौंका मेयर मेयर बालेन शाहले चेतावनी दिएका थिए।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि हल सञ्चालकलाई फिल्म नचलाउन पत्राचार हो।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.