प्रतिकूल मौसमका कारण प्रधानमन्त्री चढेको हेलिकोप्टर पाँचथरमा अवतरण हुन सकेन

प्रतिकूल मौसमका कारण प्रधानमन्त्री चढेको हेलिकोप्टर पाँचथरमा अवतरण हुन सकेन
सुन्नुहोस्

काठमाडौं : बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पूर्वी पहाडी जिल्ला पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोली सवार नेपाली सेनाको हेलिकोप्टर पाँचथरमा अवतरण हुन सकेन ।

संखुवासभाको तुम्लिङटारबाट सोमबार दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण अवतरण हुन नसकेको हो ।

यसअघि  प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संखुवासभा पुगेका थिए।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो प्रभावितको उद्दार, राहत र बेपत्ताहरुको खोजिमा कुनै कन्जुस्याइँ नगर्न जिल्लाका सरकारी संयन्त्रहरूलाई निर्देशन दिएका थिए।

त्यसपछि प्रचण्डसहितको टोली पाँचथरका लागि उडेको थियो। शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । यस्तै पाँचथरमा पनि बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको छ। 

 पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको जनाइएको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.