नुवाकोटको तारकेश्वरमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

नुवाकोटको तारकेश्वरमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकाभित्रका सबै खाद्यान्न पसलमा अनुगमन गरिएको छ। बजारमा खाद्य सामग्रीको गुणस्तरीयताका बारेमा गुनासो आएपछि वडाहरूले अनुगमन गरेका हुन्। 

सम्बन्धित वडाध्यक्ष, गापाका कर्मचारी तथा सुरक्षाकर्मीसहितको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका विभिन्न सामग्रीहरु बरामद गरिएको पालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा  म्याद गुज्रिएका र ढुसी परेका खाद्य सामग्री बरामद भएको हो। बरामद भएका सामग्री नेपाल प्रहरीको रोहबरमा सम्बन्धित वडामै नष्ट गरिएको छ।

पहिलो पटक व्यापारीलाई सुध्रिन र उपभोक्तालाई सचेत रहन आग्रह गरिएको कार्यालयले जनाएको छ। गापाका सम्वन्धित कर्मचारीको नेतृत्वमा गाउँ प्रहरीको टोलीले तारकेश्वर १, ३ र ४ का पसलहरूको अनुगमन गरेको हो। यसअघि, तारकेश्वर २, ५ र ६ का पसलहरूको अनुगमनमा पनि म्याद गुज्रेको खाद्य सामग्री भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.