मोर्चाको सफलतालाई कसैले रोक्न सक्दैन : प्रचण्ड
![मोर्चाको सफलतालाई कसैले रोक्न सक्दैन : प्रचण्ड](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1-Recovered_c6EIkFNnnY_XCiOvkWi3m.jpg)
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरिएको बताएका छन्।
समाजवादी मोर्चा नेपालको घोषणा सभामा बोल्दै प्रचण्डले मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने बताएका हुन्।
प्रचण्डले भने, ‘पार्टीहरूको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको समस्या सम्बोधन गर्न पनि एक हौं भन्ने हाम्रो ध्यय छ। एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौं।’
उनले मोर्चाले जनता र राष्ट्रको एकताको हितलाई सम्बोधन गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)