बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना

बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना
तस्बिर : अन्नपूर्ण

बझाङ : बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दर्घटनामा परेको हो।

जीप सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा  मन्त्री सिंहसहित चारजना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ। 

अन्य घाइते तीनजनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.