निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका-१ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ।
वडाभित्र रहेका चार वर्ष पूरा भइ १३ वर्ष उमेर पूरा नभएका सबै बालवालिकाहरू विद्यालयको पहुँचमा भएको कारण सोमबार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको वडाध्यक्ष मधुसुधन तिमल्सिनाले बताए।
वडावासीलाई निःशुल्क शिक्षाको अनुभूति दिलाउनका लागि घोषणा गरिएको हो। पालिकाले निःशुल्क शिक्षामा जोड दिएको अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।
माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा आएकाले जनप्रतिनिधिहरूले शिक्षासम्बन्धी विभिन्न नीति, कार्यक्रम सार्वजनिक गरे पनि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भने बजेटकै अभाव हुने उनले बताए।