गहवामाई रथयात्रामा उर्लियो जनसागर

गहवामाई रथयात्रामा उर्लियो जनसागर
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा मंगलबार पहिलो पटक गहवामाई रथयात्रा निकालिएको छ। गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भएको अवसरमा रथयात्रा निकालिएको हो।

गहवामाई मन्दिर प्रांगणबाट मंगलबार बिहान साढे ७ बजे सुरु भएको रथयात्रामा नगरपरिक्रमापछि बिहान ११ बजे पुनः मन्दिर परिसरमा पुगेर समापन भयो। 

रथयात्रामा पर्सा, बारा, रौतहट र सीमावर्ती भारतका विभिन्न स्थानबाट हजारौंको संख्यामा आएका हिन्दू भक्तजन र दर्शनार्थीहरूको सहभागिता थियो।

गहवामाई माताको मूर्ति काठको रथमा राखेर निकालिएको रथयात्रा माईस्थान चोक, घणटघर , रेल्वे रोड हुँदै छपकैया, वीर्ता, अलखियामठ , आदर्शनगर चोक, महावीरस्थान, माईस्थान चोक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको हो।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो। झाँकी र पञ्चेबाजासहित निकालिएको रथयात्रामा हजारौंको संख्यामा सहभागी भक्तजनले जयमाता दी लेखिएको भगवा झण्डा बोकेका थिए।

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउँ ठाउँमा चिसो पानी, सर्बत, लस्सी र जुस निःशुल्क वितरण गरेका थिए।

मंगलबार नै साँझ मन्दिर परिसरमा भजनकृतन आयोजना गरिने गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए। बुधबार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र त्यसपछि भक्तजन तथा दर्शनार्थीका लागि भण्डारा सञ्चालन गरी महाप्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए।

अध्यक्ष पोखरेलका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको छ। रथ निर्माणको लागत मात्रै करिब २० लाख रुपैयाँ रहेको उनले बताए। भारत र नेपालका गरी १० भन्दा बढी कारिगरले रथ निर्माण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.