नागरिकता माग गर्दै प्रदर्शन गर्ने समूहमाथि प्रहरीको लाठी, ३४ जना पक्राउ

नागरिकता माग गर्दै प्रदर्शन गर्ने समूहमाथि प्रहरीको लाठी, ३४ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : नागरिकता माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेका समूहमाथि प्रहरीले लाठीचार्ज गरेको छ। 

यसक्रममा आन्दोलनरत सरोज शाहले माइतीघरमै आत्महत्या प्रयास गरेका छन्। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीका अनुसार आत्महत्या प्रयास गर्ने शाहलाई उद्धार गरिएको छ। 

लामो समयदेखि नागरिकता नपाएका बाराका सरोज शाहले घाँटीमा डोरी लगाएर आत्महत्या प्रयास गरेका थिए। 

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ। उपचारका लागि शाहलाई ट्रमा सेन्टर लगिएको छ। 

संघर्ष समिति का राष्ट्रिय अध्यक्ष इन्द्रजीत साफि भन्छन्, ‘नागरिकताविहीन नेपालीको दुख र संवेदनामाथि सम्बन्धित पक्षले रातदिन खेलवाड गरिरहेको छ। कहिले संसदले त सरकारले त कहिले अदालतले हाम्रो अधिकार हनन् गरिरह्यो।’ 

साफिका अनुसार संघर्ष समिति का ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकता ऐन कार्यान्वयनमा लैजानुपर्ने माग राख्दै उनीहरूले आन्दोलन गरेका हुन्। यही समूहले आज सर्वोच्च अदालत परिसरमा नारा जुलुस गरेको थियो। निषेधित क्षेत्रमा नारा जुलुस गरिएको भन्दै प्रहरीले ३४ जनालाई नियन्त्रणमा लिएको हो। 

साफि भन्छन्, शान्तीपूर्ण रूपमा माइतीघरमा आन्दोलन गरिरहेका हामीमाथि प्रहरीले अमानवीय तरिकाले कुटपिट गर्‍यो। प्रहरीको लाठी प्रहारबाट धेरै मान्छे घाइते भएका छन्। एक जनाको टाउको फुटेको छ। २ जना गम्भीर घाइते हुनुहुन्छ। नागरिकता ऐन रोकेर हामीलाई थप पीडा र दुख दिने हो भने हामी कडा रूपमा आन्दोलन गर्छौं।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.