बझाङ दुर्घटनामा मन्त्री सिंहकी पत्नीसहित दुई जनाको मृत्यु (अपडेट)

बझाङ दुर्घटनामा मन्त्री सिंहकी पत्नीसहित दुई जनाको मृत्यु (अपडेट)

बझाङ : बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। 

मृत्यु हुनेमा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी सिंहकी पत्नी अमृता सिंह र उनका भाउजु जयदेवी सिंह रहेका छन्।

उनीहरूको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पुष्टि गरे। 

मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा भएको थियो। जीप सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा परेर शक्त घाइते बनेका मन्त्री पृथ्वीबहादुर सिंह, चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको  छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.