संस्कृति संरक्षणका लागि मौलिक सिंगारु नृत्य प्रतियागिता

संस्कृति संरक्षणका लागि मौलिक सिंगारु नृत्य प्रतियागिता

जाजरकोट : हरेक कार्यक्रम तथा पर्वमा डिजे र डेक बज्ने जाजरकोट सदरमुकाम खलंगामा लामो समयपछि स्थानीय लोक बाजा घन्किएका छन्। 

मंगलबार बिहानैदेखि गाउँ गाउँबाट लोक बाजासहित आएका स्थानीय कलाकारले सदरमुकाम खलंगालाई संगीतमय बनाए। 

स्थानीय संस्कृतिको जगेर्न र संरक्षणका लागि आयोजित स्थानीय मौलिक सिंगारु नृत्य प्रतियोगितामा भाग लिन आएका सहभागीले मादल, कुर्कुटे, खैजेडी, बाँसुरी, टेम्को लगायतका बाजाले सदरमुकाम गुन्जायमान बनाए। 

जिल्लाका सम्पदा संरक्षण गर्ने उद्देश्यले ठीक एक वर्षअघि स्थापना भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा सिंगारु नृत्य प्रतियोगिताको आयोजना गरेको थियो।

स्थानीय कला संस्कृतिको संरक्षण गर्नका लागि जाजरकोटमा खलंगामा आयोजित स्थानीय मौलिक सिंगारु नृत्य प्रतियोगितामा जगतिपुरको सिंगारु नाच प्रथम भएको छ। सिंगारु नृत्यमा नलगाड द्वितीय, बोहरा गाउँको नृत्य तृतिय र पोखरा गाउँको सिंगारु नाच सान्त्वना भएका छन्। 

नौ वटा समुह सहभागी भएको प्रतियोगितमा प्रथम हुने समूहलाई नगद २५ हजार, द्वितीयलाई  २० हजार, तृतियलाई १५ हजार र सान्तोना हुने समूहलाई १० हजार प्रदान गरिएको छ। सहभागी अन्य टिमलाई ५ हजार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए। 

सिंगारु नृत्य हेर्न स्थानीयको भीड लागेको थियो। लोप हुन थालेका स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष केसीले बताए। 

पुरानो पुस्ताले मात्र जानेको र तर नयाँ पुस्ताले स्थानीय मौलिक लोक संस्कृति नसिकेपछि पुस्तान्तरणका लागि प्रतिष्ठानले सम्पदा संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ छ। 

कार्यक्रममा लोप हुन थालेका पशुपंक्षी संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पशुपंक्षी संरक्षणकर्मी बारेकोटका गोविन्द बहादुर सिंहलाई जाजरकोट ताराको उपाधिले सम्मान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.