भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेस्थित सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय विवेक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गतको सडकमा दिउँसो १:४५ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीएसी ०५३७ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खोँचमा खसेको थियो। 

त्यस्तै कारमा सवार अर्का एक जना घाइते भएका छन्। भीमफेदी–५ बस्ने ४५ वर्षीय राजकुमार बल घाइते भएको र उनलाई उपचारका लागि हेटौंडातर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.