योग अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ : प्रचण्ड

योग अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग नेपालकै अमूल्य निधि भएको बताएका छन्।  अन्तर्राष्ट्रिय योग दिवस २०८० को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  प्रचण्डले योग सम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्ने दाबी गरेका हुन्।null

‘हाम्रा योग गुरूहरू र अध्येताहरूले बताएअनुसार नेपाल योगको भूमि हो र यो योग धरोहर हो । नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको साँस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ । मठमन्दिर र मूर्तिकलामा होस या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा–इनार र राजकूलोका निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ ।’ उनले भने ‘त्यसैले योग नेपालकै अमूल्य निधि पनि हो प्राकृतिक वातावरणको हिसावले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि हो र यो देश योग सम्वन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्छ । हामीले परिकल्पना गरेको योग माया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ ।’

प्रचण्डले नेपालमा योग पर्यटनको विकास गर्न सकिने दाबी गरे। ‘योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनस्र्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने भएकोले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ताहरू र योग गुरूहरूको अहम् भूमिका हुन्छ भन्नेमा हामी सबै स्पष्ट छौँ ।’ उनले भने, ‘अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढङ्गले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ ।’null

उनले योग माया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्ने तर्क गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.