कानुनमन्त्री सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा

कानुनमन्त्री सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा
तस्बिर : शिवराज भट्ट

धनगढी : जीप दुर्घटना परेर मृत्यु भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ। डडेल्धुराबाट गृह जिल्ला बझाङ जाने क्रममा मंगलबार सिंहको दुर्घटनामा परि मृत्यु भएको हो।

दुर्घटना पछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो। उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको हो। मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याइएको थियो। null

बुधबार बिहान १० बजेदेखि सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ। उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम बहादुर भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे। 

श्रद्धाञ्जली दिन प्रदेश प्रमुख देवराज जोशी, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र सिंह रावल लगायत नेता कार्यकर्ता पुगेका छन्। 

सिंहको शव आजै हेलिकप्टरबाट बझाङ लगिने भएको छ। दुर्घटनामा उनकी श्रीमती अमृता सिंह र भाउजु जयदेवी सिंहको पनि मृत्यु भएको छ। nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.