साफ च्याम्पियनसिप : कुवेतसँग ३-१ ले हार्‍यो नेपाल

साफ च्याम्पियनसिप : कुवेतसँग ३-१ ले हार्‍यो नेपाल

बेंगलुरु: आजदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ।

भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा पहिलो हाफमा २–० ले पछिपरेको नेपालले दोस्रो हाफमा एक गोल खाएर एक गोल नै फर्कायो।

विश्वकप खेलिसकेको बलियो टिम कुवेतले २३औं मिनेटमा अग्रता लिएको थियो। कुवेतका कप्तान खालिद हाजियाले आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो गोल गरेका थिए।

null

फिफा वरीयतामा नेपालभन्दा ३१ स्थानममाथि रहेको कुवेतले साबिब अलखालदीले गोल गरेसँगै पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफको सुरुआतमा केही सम्हालिने कोसिस गरेको नेपालले ६४औं मिनटमा पुन गोल खाएको थियो। मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए।

त्यसको तीन मिनेट नबित्दै अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काउने कोसिस गरेका थिए। अञ्जनको राष्ट्रिय टिमबाट यो १२औं गोल हो। नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक गोलकर्ताहरू हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न अञ्जनलाई एक गोल मात्रै आवश्यक छ।

null

अञ्जन नेपाली टिमका सर्वकालिन सर्वाधिक गोलकर्ता बन्न नजिक पुगेका छन्। जारी साफ च्याम्पियनसिपमा थप दुई गोल गर्नसके अञ्जनले १४ गोलको नयाँ कीर्तिमान बनाउने छन्।

सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो संस्करणमा फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो।

जारी प्रतियोगितामा समूह ‘ए’मा नेपालले आयोजक भारत र पाकिस्तानसँग खेल्ने छ। नेपालले समूह चरणको दोस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.