‘ज्ञानलाई व्यवहारमा उतार्ने माध्यम योग’

‘ज्ञानलाई व्यवहारमा उतार्ने माध्यम योग’
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानलाई व्यवहारमा उतार्ने माध्यम योग भएको बताएका छन्।  तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बुधबार आयोजित कार्यक्रममा उनले योगले स्वस्थ जीवन मात्र होइन, समाज सुधारका लागि धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्ने  बताएका हुन्।  उनले भने, ‘योगको उद्गमस्थल, योगको प्रारम्भ र विकास यही भूमिमा भएको बताउँदै उहाँले ज्ञानलाई व्यवहारमा उतार्ने माध्यम योग हो ।’

ज्ञानको भूमि नेपाल अहिले पछाडि परेको र फेरि अगाडि ल्याउनुपर्ने बताउँदै अध्यक्ष ओलीले अगाडि ल्याउने माध्यम योग हुनसक्ने विचार व्यक्त गरे । 

पूर्वप्रधानमन्त्री ओलीले आफू सरकारमा रहेको समयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै योग दिवस भव्यरूपमा आयोजना गरिएको स्मरण गरे। उनले संयुक्त राष्ट्र संघबाट प्रस्ताव पारित भई अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको ९ वर्ष भएपनि नेपालमा योग दिवस मनाउन लागिएको ३५/३६ वर्ष भएको बताए।null

उनले योगका आसन सिकाउनु अघि यम र नियम सिकाउन योग गुरुहरूसँग आग्रह गरे । एमालेले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रवचन कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा योग गुरूहरूले योगको आरम्भ, विभिन्न विधा र स्वस्थ मानव जीवनका लागि योगको महत्व लगायतका विषयमा प्रकाश पारेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.