वीरगन्जमा जनमत पार्टीले जलायो बजेट

वीरगन्जमा जनमत पार्टीले जलायो बजेट
सुन्नुहोस्

वीरगन्ज : आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्।

बिहीबार अपराह्न घण्टाघर चोकमा जनमत पार्टीका नेता कार्यकर्ताहरूले प्रदर्शन गर्दै बजेटको प्रतिलिपि जलाएका हुन्। संघीय सरकारले बजेट संशोधन नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीपनि उनीहरूले दिएका छन्। 

आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरि सबैभन्दा कम बजेट विनियोजन गरिएकोले विरोध गरिएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले बताए। 

सरकारले मधेसी जनताबाट करमात्रै उठाउने तर मधेसलाई बजेट नदिने प्रवृति दोहोरयाएर अहिलेको सरकारले बजेट ल्याएकोले उक्त बजेट बजेट जलाइएको सर्राफले बताए। 

प्रदर्शनमा सहभागी जनमत पार्टीकी नेतृ एवं पूर्वराज्यमन्त्री करिमा बेगमले मधेसीमाथि शासकको औपनिवेशिक शासन जारी रहेको भन्दै यस्तो बजेट स्वीकार नगर्ने चेतावनी दिइन्। 

जनमत पार्टीका नेता शशी कपुर मियाँले बजेट संशोधन नगरिए र शासकले मधेसप्रतिको विभेद जारी राखे मधेसमा पुन आन्दोलन चर्काउने चेतावनी दिए।

प्रदर्शनमा जनमत पार्टीका नेता बीपी साह, राष्ट्रिय परिषद सदस्य डा. अजय यादव, जिल्ला इन्चार्ज माधव सिह,सहसंयोजक मुकेश द्विवेदी ,विधार्थी नेता राजुराज गिरि लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.