झापामा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

झापामा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु
सुन्नुहोस्

झापा : झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापा रहेका छन्। 

प्रहरीका अनुसार कमल-३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गरेका छात्र थापालाई ठक्कर दिएका थिए। 

बसको ठक्करबाट गम्भीर घाइते छात्र थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो। 

बालक थापा स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए। यता दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.