माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु

माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ। जिल्लाको छेडागाड नगरपालिका-१ स्थित छेडाखोलामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको ज्यान गएको हो। 

प्रहरीका अनुसार छेडागाड नगरपालिका-१ का ५० वर्षीय नरबहादुर नेपाली र शिवालय गाउँपालिका-९ का ४९ वर्षीय धनबहादुर बुढाको डुबेर ज्यान गएको हो। 

लेकतिर पानी परेका कारण छेडाखोला केही बढेको र धमिलो थियो। धमिलो पानीमा माछा मर्ने भएकाले ति दुई जना जाल लिएर बिहीबार दिउँसो खोलामा गएका थिए। 

जाल खेल्ने क्रममा गहिरो ताल परेको ठाउँमा एक जना जालमा अड्किएर डुबेपछि बचाउन गएका अर्काको पनि डुबैरै ज्यान गएको स्थानीय गणेश जैसीले बताए। 

माछा मार्न खोलामा गएका उनीहरू डुबेपछि प्रहरी र स्थानीयले खोजी गर्दा दुवै जना तालभित्र मृत अवस्थामा जालमा बेरिएको अवस्थामा फेला परेको जैसीले बताए। 

यो खोलामा जाल खेलेर वषौंदेखि माछा मारेर धेरैले जीविका चलाउने र कतिपयको ज्यानै समेत जाने गरेको छेडागाड नगरपालिका-१ का वडाध्यक्ष रामबहादुर बुढाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.